उपन्यासका आन्तिम शब्दहरुमा पुग्दा साह्रै नै मन छोएको आभास भयो । #karnaliblues मेरा बालाई समर्पण। मेरा बा जस्तो मान्छे यो संसारमा कोही छैन।काहानीमा बाग्दै जादा आफुले बीताएको बल्यकाल को झझल्को पनि नीकै आउछ। आन्त्य नामीठो भए पनि कुनै पल पनि कीताब्बाट पर हट्ने थीएन । एक उत्त्क्रिस्ठ कीतब भन्दा फरक नपर्ला लेखक बुद्धिसागरको चर्चित उपन्यास "कर्नाली ब्लुज" पढेर असाध्यै मजा आयो । बुद्धिसागर भाषाका जादुगर नै रहेछन् । यत्ति सरल तथा सुगम अनि सुरम्य भाषामा पनि नेपाली उपन्यास लेख्नसकिँदो रहेछ भन्ने कुरालाई लेखकले प्रमाणित गरेका छन् । यथार्थलाई टपक्क टिपेर लेखनीमा उतार्दा त्यसले पाठकलाई मीठो असर पारिहाल्छ । भाषा मात्र राम्रो नभएर यो उपन्यासको विषयवस्तु समेत उच्च कोटिको छ । एउटा छोराले आफ्नो बाको बारेमा देखेका, अनुभव गरेका कुरालाई लेखकले बडो कुशलतापूर्वक शब्दमा उतारेका छन् । साहित्यिक उत्कृष्टताका लागि आवश्यक कथानक, पात्रविकास, अलंकारहरूको प्रयोग, कथ्यात्मक तथा वर्णनात्मक शैली सबैमा यो उपन्यास अब्बल छ । दृष्यविधान (tableaux) अत्ति नै मनोरम छ । हर्षबहादुरको चरित्र त विश्वस्तरको नै लाग्यो मलाई । यो पात्र नि:स्पृह कर्मयोगी हो, ठ्याक्कै टोल्स्टोयको "अन्ना करेनिना" को लेभिन जस्तै । अन्य पात्र पनि गजबका छन् । अन्य पात्रमा मलाई सबभन्दा मन परेको पात्र वीरसिह धामी उर्फ सद्दाम हुसेन हो । अल्लिक साइको पाराको यो पात्रले वास्तविक जीवन जिएको छ । उपन्यासमा एउटा बलियो आकर्षण छ जसले पाठकलाई तानिरहन्छ । म पनि बा आमाको एक्लो छोरो भएको अनि मैले पनि वृषबहादुरले जस्तो आगो लगाउने, साइकल भाँच्ने लगायतका उपद्रो बाल्यकालमा गरेकोले होला त्यो पात्रसँग मेरो आत्मीयता गाँसियो । एकचोटि सबैले पढ्नैपर्ने खालको यो उपन्यासको शीर्षक भने मलाई मन परेन । तर त्यसले के फरक पर्छ र ?
Do You like book Karnali Blues (कर्नाली ब्लुज) (2010)?
nice one; short languages and can be understood by commoners as cum..................
—Samik